Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झगेन्द्र खड्का
गौरादह, २१ असार २०७७ । गौरादह नगरपालिका ८ का धनबिर राजवंशीको मृत्युको बिषयलाई लिएर नगरबासीहरुको आन्दोलन उत्सर्गमा पुग्दा तोडफोड भएका नगरपालिका भवनका झ्यालका सिसा हाल सम्म पनि लगाइएको छैन। भवनको झ्यालका सिसा फुटेको करिब १० महिना बितिसक्दा समेत नगरपालिकाले सिसा लगाउन हेलचेक्राई गरिरहेको छ।

गत बर्षको भदौ महिनामा नगरबासिहरुले धनबिर राजवंशीको मृत्युको बिषयलाई लिएर चर्किएको आन्दोलनका कारण ढुङ्गा प्रहारबाट तोडफोड गरिएपनि मर्मत गर्ने कार्यमा नगरपालिका उदासिन बनेको छ। झ्यालमा सिसा नहुदा हिउँदमा हावाले उडाएको धुलो भित्र पसेर बसिनसक्नु हुन्छ भने बर्षायाममा पानी पसेर कर्मचारीलाई पानी सोरेर फ्याक्न पर्ने भएको छ। हिउँदको समयमा कोठामा पस्ने धुलो र बर्षादमा पस्ने पानीको कारणले कोठा भित्र रहेका समानहरु खिया लागेर बिग्रीने वा मकिने अवस्थामा पुगेका छन।

कोठा भित्र राखिएका सामान बिग्रएमा जनताकै सम्पत्तिमा क्षेती पुग्ने हुन्छ।गौरादह नगरपालिका कार्यलयको भवनको झ्यालका सिसा फुटेपछि उपमेयर गीता भेट्वालको कार्यलय कक्ष बिशेष गरि प्रभावित बनेको छ भने मेयर रोहित कुमार शाह र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष पनि प्रभावित बनेको छ।उपमेयरको कार्यलय कक्ष पुर्ब र दक्षिण दुबै पट्टी परेकाले बढी असर परेको छ।

उपमेयरको कार्यकक्षमा न्याय सम्पादनका लागि आउने महानुभावहरुको जमघट बढीहुने भएकाले कोठामा बसेर कार्य गर्न कठिनाइ भएको स्पष्ट देखिन्छ।कार्यलय कक्षमा तोडफोड भएका झ्यालका सिसा लगाउने बिषयमा पुर्ब सन्देश दैनिकले राखेको जिज्ञासाको जवाफ दिदै उपमेयर गीता भेट्वालले यसै आर्थिक बर्ष भित्र सिसा लगाई सक्ने जानकारी गराइन।

मेयर शाहले भने नगर कार्यपालिकाले सिसा लगाउने बिषयमा निर्णय गरिसकेकाले तुरुन्तै लगाइने जानकारी गराए। नगरपालिकाले १० महिना सम्म नलगाएको झ्यालका सिसा अब केही दिनमा लगाउछ भन्ने आधार नहुदा कार्यपालिकाको निर्णय कागजमा सिमित हुने देखिन्छ। गौरादह नगरपालिका वडा नं.८ को बैराती बजारको टहरा निर्माण कार्यको भुक्तानीका क्रममा नगरपालिकाले ढिलासुस्ती गर्दा कर्मचारी संग बिबाद भएपछि राजवंशी नगरपालिकाको कार्यलयमा लडेका थिए।

उनलाई उपचारका लागि बिराटनगर स्थित नोबेल अस्पताल लगेपनि उपचार सम्भव नभई निधन भएको थियो।धनबिर राजवंशीको निधन पछि स्थानीय बासिन्दाले उनको सब नगरपालिकाको कार्यलय भवन अगाडि राखेर नाराबाजी सहित नगरपालिकाको कार्यसैली प्रति बिरोध जनाएका थिए।मृत्यु भएपछि घाटमा लगेर दाह संसकार गरिने लास नगरपालिकाको कार्यलय अगाडि तेर्साएर नगरवासीहरुले मृतको परिवारलाई उचित क्षतिपूर्ति र यस कार्यमा संलग्न कर्मचारीको बर्खास्तीको माग गर्दै आन्दोलन चर्काएका थिए।

आन्दोलनको समयमा नगरपालिकाले मृतकको परिवारलाई ५ लाख क्षेतिपुर्ती दिने र कर्मचारीको बर्खास्ती गर्ने निर्णय गरेपछि आन्दोलन टुङगिएको थियो।आन्दोलन सकिएको करिब १० महिना बितिसक्दा समेत न मृतकको परिवारले क्षेतिपुर्ती पाए नत तोडफोड भएको झ्यालका सिसा नै लागेको छ।

तपाईको प्रतिक्रिया