Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

झापा, २० असार २०७७ । झापाको मेची भन्सार कार्यालय काँकरभिट्टाले चालू आर्थिक वर्षको ११ महिनामा ६० प्रतिशत मात्र राजश्व संकलन गरेको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण लक्ष्य अनुसार राजश्व संकलन हुन नसकिएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।

राजश्व आयातमा निर्भर हुने भएकाले भारतबाट पर्याप्त सामग्री आउन नसकेकै कारण राजश्व घटेको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रु्वराज विश्वकर्माले बताउनुभयो ।

मेची भन्सार कार्यालयले ११ महिनामा ७ अरव ९६ करोड रुपैयाँ मात्र राजश्व संकलन गरेको छ । यो लक्ष्यको ६० प्रतिशत मात्र भएको प्रमुख विश्वकर्माले जानकारी गराउनुभयो ।

भन्सार कार्यालयले १३ अर्ब २४ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । चिया र अलैंचीको निर्यात गर्ने मुख्य समयमा सिमा नाका बन्द हुँदा नेपालमा उत्पादित बस्तु गोदाममा नै थन्किएको छ ।

 

तपाईको प्रतिक्रिया