Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, १९ असार २०७७ । झापामा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । उनिहरु भारत र खाडी मुलुकबाट फर्किएका छन् ।

मेचीनगरका १४ जना संक्रमित सबै भारतको दिल्ली, हैदरावाद लगायतका स्थानबाट फर्किएका हुन् । यसैगरी अर्जुनधाराका ८ जनामा दुई जना महिला कुबेतबाट फर्किएका हुन् भने छ जना पुरुष दुबई र साउदी अरबबाट फर्किएका हुन् ।

यसैगरी हल्दिबारीका ३ जना पुरुष भारतको दिल्लीबाट फर्किएका हुन् । कनकाईका १ जना पुरुष साउदी अरबबाट र महिला कुवेतबाट फर्किएकी हुन् । बिर्तामोडकी १ महिला भारतको चेन्नईबाट फर्किएकी हुन् ।

संक्रमित सबैको उपचारका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको को जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । झापामा यो सँगै संक्रमितको संख्या २ सय ७८ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया