Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

हेटौंडा, १६ असार २०७७ । मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार सवार जीप दुर्घटनामा परेको छ ।

दुर्घटनामा धितालकी श्रीमतीको मृत्यु भएको छ भने जीपमा सवार सबै चारजना घाइते भएका छन् ।

सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतमको मृत्यु भएको हो ।

स्कर्पियो जीपमा काठमाडौँबाट हेटौँडातर्फ आउने क्रममा भारतीय ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

धितालकी श्रीमतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी धितालका छोरा अनुज र चालक राजन घिमिरे गम्भीर घाइते भएका छन् ।

यस्तै कृष्ण धिताल र छोरी वर्षा मध्यम अवस्थामा रहेको चितवन प्रहरीले जनाएको छ ।

धिताल परिवार सवार बा१३च ५९२९ नं. को स्कर्पियो नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको हो ।रासस

तपाईको प्रतिक्रिया