Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

रंगेली, १२ असार २०७७ । प्रदेश १ का कृषि राज्यमन्त्री रामबहादुर मगरले ‘कस्टम हायरीङ’ लाई बढाउँदै लैजाने बताएका छन् । शुक्रबार प्रदेशसभामा उनले किसानको जमिनअनुसारका कृषियन्त्र भाडामा उपलब्ध गराउन कस्टम हायरिङलाई जोड दिएको बताए । किसानले आफ्नो जमिनअनुसारको सबै औजार व्यवस्था गर्न नसक्ने भएकोले यस्तो गर्न लागिएको बताए ।

‘कस्टम हायरिङको माध्यमबाट किसानलाई सस्तो भाडामा आफूलाई आवश्यक औजार प्रयोग गरेर खेती गर्न सक्छन्,’ उनले भने, ‘सहकारी र निजी फर्मले यस्ता औजार राखेर किसानलाई उपलब्ध गराउने छन् ।’

उनले उत्पादन किसानको बजार र मूल्य सरकारको जिम्मामा हुने भएकाले अहिले सबै उत्पादन सरकारले किनिदिन्छ भन्ने बेला नभएको बताए । उनले अहिले केही पालिकमा परीक्षणको रूपमा काम सुरु हुने बताए ।

सरकारले किसानलाई पर्ने खेतीसम्बन्धी विभिन्न समस्या समाधानको लागि कृषि सूचना केन्द्र स्थापना गर्ने बताए । अब सरकारले फर्मलाई होइन सोझै किसानलाई दिने व्यवस्था गरिने उनले बताए ।

बजेट कम भएकोले किसानलाई ५ लाख बैंकबाट उपलब्ध गराउने र त्यसको व्याज प्रदेश सरकारले व्यहोर्ने उनले बताए । प्रदेश १ धान उत्पादनमा आत्मनिर्भर र मासु उत्पादनमा आत्मनिर्भरतर्फ अगाडि बढेको उनले बताए ।

अण्डा उत्पादनमा आत्मनिर्भरतर्फ उन्मुख रहेको प्रदेशमा दूधको उत्पादन भने बढिरहेको बताए । सरकारले मासु विदेश निर्यातको लागि तयारी गरिहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया