Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, ७ असार २०७७ । झापाको गौरादह, जुरोपानी र गौरीगंजको क्वारेन्टाइनमा बसेका महिलाहरुलाई स्यानिटरी प्याड वितरण गरिएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले जारी गरेको लकडाउन संगै बिभिन्न देशबाट आएर क्वारेन्टाइनमा बसेका महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै पुन प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड बितरण गरिएको हो ।

गौरादह, गौरीगंज र जुरोपानी का क्वारेन्टाइनमा बसेका १४ जना महिलाहरुलाई प्याड बितरण गरिएको छ। इमरजेन्सी रेस्पोन्स सेन्टरको अगुवाइ तथा परिवर्तनको शुरुवात, नेपाल परिवार नियोजन संघ (झापा) शाखा, शुरुवाती कोठा नेपाल, एस.एस.जे.डी को सहयोगले ५ वटा क्वारेन्टाइनमा प्याड वितरण गरिएको हो।
झापाका सबै क्वारेन्टाइनमा ERC ले पुन प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड बितरण गर्ने तयारी गरेको जनाइएको छ ।

झापाको अभियानमा इमरजेन्सी रेस्पोन्स सेन्टरका अभियन्ता विविषा बुढाथोकी, दिक्षा थपलिया,अर्जुन रिजाल,विज्ञान राज पौडेल,सौरभ न्यौपाने,नारायण दाहाल,सागर सहयात्री लगायतले क्वारेन्टाइनमा गइ भौतिक दुरी कायम गर्दै महिनावारीको समयमा आवश्यक स्यानिटरी प्याड बितरण गरिएको ERC का प्रदेश न. १ फोकल पर्सन दिपक दासले जानकारी दिएका छन् ।

यसैबीच, गौरादह नगरपालिका भित्र रहेका क्वारेन्टाइनमा बसेका १७ जनालाई नेपाल टेलिकमको निशुल्क सीमकार्ड वितरण गरिएको छ । मेची स्मार्ट सप्लायर्सको सहयोगमा इमरजेन्सी रेस्पोन्स सेन्टर झापा , गौरादह शाखाले बुधबार जनता मा.बि, माहारानीझोडा स्वास्थ केन्द्र , गौरादह कृषि क्याम्पस, अमर मा.वि र जुरोपानी स्वास्थ केन्द्र क्वारेन्टाइन मा भारत र तेस्रो मूलुकबाट आएर बसेकाहरुलाइ ब्यालेन्स सहितको नेपाल टेलिकमको नमस्ते सीम कार्ड बितरण गरिएको हो ।

यस्तै, कमल गाउपालिका को क्वारेन्टाईन मा पनि केहि दिन भित्रै सिम कार्ड बितरण गरिने जनाएको छ। ईमरजेन्सी रेस्पोन्स सेन्टर (ERC) ले लकडाउनका बेला अप्ठ्यारोमा परेका हरुलाइ उद्दार गर्दैआएको छ ।सातै प्रदेश ७७ वटै जिल्लामा संजाल भएको भ्च्ऋ ले औषधि,खाद्यान्न,यातायात र रगतको व्यवस्थापनमा बिशेष ध्यान दिईरहेको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया