Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, ७ असार २०७७ । झापामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङका क्रममा ३ जना महिला र ३ पुरुष गरि ६ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए ।

कोरोना संक्रमण पुष्टी भएकाहरुमा अर्जुनधारा नगरपालिका वडा नम्बर(७ का एक महिला, एक बालिका र एक जना पुरुष रहेका छन् । उनीहरु भारतको बिहारबाट फर्किएका हुन् ।

यसैगरी कनकाई नगरपालिका वडा नम्बर(७ की एक महिलामा पनि संक्रमण देखिएको छ । उनी कुवेतबाट फर्किएकी हुन् । मेचीनगर नगरपालिका वडा(५ र ६ का एकरएक जना पुरुषमा पनि संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाई जानकारी दिए ।

संक्रमित सबै स्थानीय क्वारेन्टाइनमा नै बस्दै आएका थिए । उपचारका लागि दुई महिला र बालिकालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र तीन जना पुरुषलाई गोठगाउँ लगिएको फोकल पर्सन चम्लागाईले बताए ।

तपाईको प्रतिक्रिया