Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, ५ असार २०७७ । झापामा शुक्रबार थप एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस मिटका क्रममा झापामा एकजना महिलामा कोरोना भेटिएको जानकारी दिए ।

दमक नगरपालिका–१ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको क्वारेन्टाइनमा बसेकी २९ वर्षीया विवाहित महिलामा संक्रमण पुष्टि भएको हो ।

उनको असार ३ गते पीसीआर टेष्ट गरिएको थियो । पीसीआर टेष्टको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । उनी गत जेठ २९ गते कुवेतबाट काठमाडौँ झरेकी थिइन् । उनको काठमाडौँमा कोरोना जाँच गरिएको थिएन । कुवेतबाट काठमाडौँ झरेकी उनलाई सिधै दमक स्थित प्रतिष्ठानको क्वारेन्टाइनमाल्याइएको थियो । उनलाई शुक्रबारै विराटनगर स्थित कोभिड अस्पताल पठाइएको छ । झापा जिल्लामा संक्रमितको संख्या १८२ पुगेको छ ।

तपाईको प्रतिक्रिया