Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ४ असार २०७७ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत् चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीनमा वरिष्ठ चिकित्सक दिव्या सिंह शाह नियुक्त भएकी छन् ।

गत जेठ २३ गते प्रा.डा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित ‘सर्च कमिटी’ले डा.प्रदीप वैद्य, डा. दिव्या सिंह शाह र डा.उत्तम श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

त्रिवि कार्यकारी परिषद्ले बुधबार डा.शाहलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रा.डा. जगदीश अग्रवालको चारवर्षे कार्यकाल सकिएपछि आईओएममा डीनको पद रिक्त रहेको थियो ।

तपाईको प्रतिक्रिया