Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

कमल, ३ असार २०७७ । झापाको कमलगाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ जनाको आज बिदाई गरिएको छ । भारत, कुवेत र दुबई बाट आएर कमलगाउँपालिका३ को शहिद धर्मभक्त माविको क्वारेन्टाइनमा आएर बसेका उनिहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको कमलगाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले जानकारी दिनुभयो ।

शहिद धर्मभक्त माविको क्वारेन्टाइनमा बसेका १९ जना व्यक्ति, ६ जना सुरक्षाकर्मी र १ जना भान्से गरि २६ जनाको यहि असार १ गते कोरोना संक्रमणको आशंकामा उनिहरुको स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा हिंजो मंगलबार उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

रिपोर्ट नेगेटिभ आएपछि १९ जनालाई आज नै बिदाइ गरिएको छ । आज बिदाइ गरिएकोमा कुवेत बाट आउनुभएकी १ महिला र भारतबाट आउनुभएका ३ जना महिला गरि ४ महिला र दुबई बाट आउनुभएका १ जना पुरुष र भारतबाट आएका १४ पुरुष गरि १५ पुरुष को बिदाई गरिएको हो ।

कमलगाउँपालिकामा हालसम्म १ जना १८ वर्षीय युवकमा मात्र कोरोना संक्रमण पुष्टी भएको छ जो निको भएर यसअघि नै घर फर्किसकेको जनाएको छ । हालसम्म कमलगाउँपालिकाको शहिद धर्मभक्त माविको क्वारेन्टाइनमा बस्नेको संख्या ८६ जना रहेको छ जसमा ८२ जना सो क्वारेन्टाइनबाट गइसकेका छन् । अहिले सो क्वारेन्टाइनमा ४ जना पुरुष मात्र रहेको कमलगाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्ले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया