Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ३ असार २०७७ । विद्युत महसुलको नयाँ दर निर्धारण भएको छ । विद्युत नियमन आयोगले असारदेखि नै लागु हुने गरी नयाँ दर निर्धारण गरेको हो । ५ एम्पियरको लाइन जोड्नेले डिमाण्ड शुल्क बाहेक अरु तिर्नु नपर्ने भएको छ । यसको डिमाण्ड शुल्क ३० रुपैयाँ तोकिएको छ । मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क गरिएको छ ।

यस्तै १५ एम्पियरको लाइन जोड्नेलाई न्युनतम डिमाण्ड शुल्क ५० रुपैयाँ तोकिएको छ । १० युनिटसम्म खपत गर्नेले प्रतियुनिट ४ रुपैयाँ तिर्नुपर्नेछ । यस्तै ३० एम्पियरको लाइन जडान गर्नेले डिमाण्ड शुल्क ७५ रुपैयाँ र १० युनिटसम्म खपत गर्नेले प्रतियुनिट ५ रुपैयाँ तिर्नुपर्नेछ ।

यस्तै ६० एम्पियरको लाइन जडान गर्नेले डिमाण्ड शुल्क १२५ रुपैयाँ र १० युनिटसम्म खपत गर्नेलाई प्रतियुनीट ६ रुपैयाँ तोकिएको छ ।

यस्तै ५ एम्पियर, १५ एम्पियर, ६० एम्पियर लाइन जडान गरी ४०० युनिटसम्म र सो भन्दा माथि विद्युत खपत गर्नेलाई फरक फरक दर तोकिएको छ ।

यस्तो छ नयाँ शुल्क

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया