Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

कमल, ३१ जेठ । कमलमा आगामी वर्षको शैक्षिक वजेटको विषयमा छलफल भएको छ । कमल गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को शैक्षिक, निति तथा वजेटको विषयमा आज छलफल भएको हो ।

शैक्षिक संवाद समिति, सामाजिक विकास समिति र गाउँपालिकाको तर्फबाट उपाध्यक्ष वेनुप्रसाद सिवाकोटी विच आगामी वर्षको शैक्षिक निति, कार्यक्रम तथा वजेटको बारेमा छलफल भएको हो ।

गुणस्तरीय शिक्षाका लागि शैक्षिक क्षेत्र तर्फ पर्याप्त लगानी हुनुपर्ने भन्दै संवाद समितिले ३६ बुँदे माग गाउँपालिकालाई राखेको संवाद समिति सदस्य नारायण बस्नेतले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेले अत्यन्तै उपयोगी शैक्षिक कार्यक्रम तयार गरि गाउँपालिकामा प्रस्तुत गरेपनि गत बर्ष भन्दा कम बजेटमा सिमित रहनुपरेको बताए ।
करिब दुई करोड साठी लाखको कार्यक्रम प्रस्तुत गरेता पनि शिक्षाको यो बर्षको बजेट गत बर्षको भन्दा कटौती गरेर करिब एक करोड दसलाखमा सिमित रहनुपर्ने भएको उनले बताए ।

त्यस्तै शिक्षामा बजेट कटौती हुँदा उपयोगी कार्यक्रम बजेटमा समावेश हुने कुरामा शंका उत्पन्न भएको संवाद समितिको ठहर छ । सम्बन्धित पक्षसँग पुनः छलफलमा बसेर दवाब सिर्जना गरि बजेटको सिमा बढाउन लगाउनु पर्ने सरोकारवालाले बताएका छन् ।

कार्यक्रममा कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य न्यौपाने, शैक्षिक संवाद समिति संयोजक मोहन कुमार वगाले, सदस्यहरु रुकमान सुब्बा, मिना लावती, नारायण बस्नेत, मातृका प्रसाद नेपाल र नेपाल शिक्षक महासंघ कमलका अध्यक्ष हिम प्रसाद दाहाल लगायत शैक्षिक क्षेत्र संग सरोकार राख्ने सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया