Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ३० जेठ २०७७ । झापामा शुक्रबार (आज) थप १३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । कचनकवल गाउँपालिकामा ११ जना र बाह्रदशी गाँउपालिकामा २ जना संक्रमित थपिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए । योसँगै जिल्लामा संक्रमितको संख्या १६९ पुगेको छ ।

कचनकवलको लक्ष्मी मावि बनियानी क्वारेन्टाइनमा बसेकामध्ये ७ जना र महेन्द्ररत्न मावि केचनाको क्वारेन्टाइनमा बसेकामध्ये ४ जना सक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिए । गाउँपालिका वडा नम्बर १, ५ र ६ का एक/एक जना, वडा नम्बर ४ मा ८ जना रहेका छन् । उनीहरुको उमेर १५ देखि ४९ बर्षसम्मका सबै पुरुष रहेको शाखा प्रमुख यादवले जानकारी दिए । उनीहरु सबै भारतको मुम्बई र दिल्लीबाट आएका हुन् ।

गाउँपालिकामा शुक्रबार आएको १५१ जनाको रिपोर्टमध्ये ११ जनामा पोजेटिभ र १४१ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । गाउँपालिकामा मात्रै संक्रमितको संख्या १२७ पुगेको छ, जसमध्ये ९६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । त्यस्तै बाह्रदशी गाउँपालिकामा थपिएका दुई जना संक्रमित भारतबाट आएका हुन् । गाउँपालिका वडा नम्बर ५ बस्ने ३७ बर्षीय पुरुष र वडा नम्बर ३ का २७ बर्षीय पुरुष रहेका छन् ।

भारतबाट आएका उनीहरुलाई सीमाबाट उद्धार गरी सोजै पशुपति माविको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम साहले जानकारी दिए । गाउँपालिकाले स्वाब संकलन गरी पठाएको २६ जनामध्ये दुई जनामा पोजेटिभ र बाँकी सबैको रिपोर्ट नगेटिभ आएको उनले बताए । जिल्लामा हालसम्म गौरादह नगरपालिकामा चार जना, गौरीगञ्ज १२ जनामा, कनकाईमा तीन, भद्रपुरमा तीन जना, अर्जुनधारामा दुई, दमक नगरपालिकामा एक जना, मेचीनगरमा दुई, झापा गाउँपालिकामा एक जना, बाह्रदशीमा ६ जना, बुद्धशान्तिमा पाँच जना, हल्दिबारीमा दूई, कमल गाउँपालिकामा एक जना कोरोना पुष्टि भइसकेको छ ।

तपाईको प्रतिक्रिया