Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठ्माडौं, ३० जेठ २०७७
एजेन्सी । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २३ हजार ८८८ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७५ लाख ९९ हजार ६४९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३८ लाख ४३ हजार ७९५ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ३१ हजार ९६६ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ९१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ८९ हजार ८२५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १६ हजार ३५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १३ लाख १३ हजार ८६६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५६ हजार ३९४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ९२ हजार १८७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४१ हजार ९६७ जनाको मृत्यु भएको छ ।

युरोपमा २१ लाख ५६ हजार ८४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८१ हजार ४७७ को मृत्यु भएको छ । एसियामा १५ लाख ७ हजार ६२८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३८ हजार ३० जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख १९ हजार ५०२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ८८१ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९०० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । –एएफपी

तपाईको प्रतिक्रिया