Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठ्माडौंं, ३० जेठ २०७७
एजेन्सी । भारतमा कोरोना संक्रमित संख्या २ लाख ९८ हजार २ सय ३८ पुगेको छ । बिहिबार लगातार दोस्रो दिन ११ हजार बढी संक्रमित बढ्यो र ३ सय ९३ को ज्यान गयो ।

यो आँकडा कोभिड-१९ इन्डिया डट ओआरजीको आधारमा हो । यसबाहेक भारत संक्रमितको मामिलामा स्पेन (२.८९ लाख) र बेलायत (२.९१ लाख) भन्दा अघि आएको छ । अब भारत सर्वाधिक संक्रमित सूचीको चौथो स्थानमा छ ।

हाल शीर्ष ७ देशमा अमेरिका, ब्राजिल, रसिया, भारत, बेलायत, स्पेन र इटली छन् ।

तपाईको प्रतिक्रिया