Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौँ, १६ जेठ २०७७। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मूड ठीक नभएको टिप्पणी गरेका छन् ।

ह्वाइटहाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले जारी सीमा विवादका कारण भारतका प्रधानमन्त्री मोदीको मूड ठीक नरहेको टिप्पणी गरेका छन् । ट्रम्पले चीनसँगको सीमा विवादको विषयलाई लिएर मोदीको मूड ठीक नरहेको बताएका हुन् ।

उनले चीन र भारतबीच देखिएको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको पनि दोहोर्याए । उनले भने, ‘दुवै देशलाई केही मद्दत चाहिन्छ भने म त्यसका लागि तयार छु ।’

चीनसँगको सीमा विवादबारे भारतीय प्रधानमन्त्रीसँग आफूले कुरा गरेको जानकारी दिँदै ट्रम्पले भने, ‘यो विषयमा भारत खुशी छैन र शायद चीन पनि खुशी छैन ।’

एक भारतीय पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले प्रधानमन्त्री मोदीसँग कुरा गरेको थिए । चीनसँग जे भइरहेको छ त्यसका लागि उहाँको मूड ठीक छैन ।’

गत बुधबार पनि ट्रम्पले ट्वीट गर्दै चीन र भारतको सीमा विवाद समाधानका लागि आफू मध्यस्थता गर्न तयार रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया