Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

वीवीसी, १६ जेठ २०७७ । कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्यामा भारतले चीनलाई उछिनेको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ। भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४,७०६ पुगेको छ।

कोरोनाभाइरस सङ्क्रमण सुरु भएको चीनमा अहिलेसम्म ४,६३८ को मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ।

एक लाख ६० हजारभन्दा बढी सङ्क्रमण भएको भारतले कुल सङ्क्रमितको सङ्ख्यामा चीनलाई केही साता अगाडि नै उछिनेको हो।

भारतमा चौथो पटकको लकडाउन जारी रहेको छ र अब के हुन्छ भन्ने कुरा स्पष्ट छैन।

केही विज्ञहरूले त्यहाँ सङ्क्रमण अझै उच्च बिन्दूमा नपुगेको बताउँदै जुन वा जुलाई महिनामा यसको उच्च दर देखिने बताएका छन्।

तपाईको प्रतिक्रिया