Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

कुन स्थानीय तहलाई कति ?

गौरादह, १६ जेठ २०७७ । आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटमा झापाका लागि ६ अर्ब ५६ करोड ४८ लाख रुपैयाँ बिनियोजन भएको छ ।

सरकारले विहीवार स‌ंघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटबाट झापाका ८ नगरपालिका र ७ गाउँपालिकाका लागि उक्त रकम विनियोजन भएको हो ।

यो चालू वर्षको भन्दा १ अर्ब ४० करोड ८९ लाख बढी हो । चालू वर्षका लागि सरकारले झापाका १५ स्थानीय तहका लागि ५ अर्ब १५ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

बजेटमा सबैभन्दा बढी झापाको मेचीनगर नगरपालिकाका लागि ७० करोड ७७ लाख विनियोजन गरिएको छ ।

यस्तै दमक नगरपालिकाका लागि ६६ करोड २६ लाख रुपैयाँ, विर्तामोड नगरपालिकाका लागि ६० करोड ४८ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

यस्तै गौरादह नगरपालिकाका लागि ४३ करोड ५६ लाख , शिवसताक्षी नगरपालिकाका लागि ५२ करोड ३० लाख , भद्रपुर नगरपालिकाका लागि ४५ करोड २१ लाख , अर्जुनधारा नगरपालिकाका लागि ४३ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । नगरपालिका मध्ये सबैभन्दा कम कन्काई नगरपालिकाका लागि ३३ करोड ७८ लाख विनियोजन भएको छ ।

यता गाउँपालिकाहरुमध्ये सबैभन्दा बढी कमल गाउँपालिकालाई ४६ करोड ४१ लाख रुपैयाँ विनियोजन भएको छ ।

यस्तै कचनकवल गाउँपालिकाका लागि ३७ करोड ५१ लाख, गौरीगञ्ज गाउँपालिकाका लागि ३० करोड ८८ लाख र झापा गाउँपालिकाका लागि ३१ करोड २४ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

त्यसैगरी बाह्रदशी गाउँपालिकाका लागि २९ करोड ६१ लाख , बुद्धशान्ति गाउँपालिकाका लागि ३३ करोड ५२ लाख र हल्दिबारी गाउँपालिकाका लागि ३१ करोड ६६ लाख रुपैयाँ बिनियोजन भएको छ ।

तपाईको प्रतिक्रिया