Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

पत्रपत्रिका, समाचार

काठमाडौं, १० जेठ २०७७। नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले धितोपत्रको कारोबार २० जेठसम्म स्थगित हुने बताएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सोमबार नेप्सेले सूचना जारी गर्दै सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन अवधि थप्ने निर्णय गरेपछि सञ्चालक समितिको निर्णयअनुसार सेयर कारोबार पनि बन्द गर्ने निर्णय भएको बताएको छ ।

यसअघि नेप्सेले ५ जेठसम्म बजार बन्द गर्ने भनेको थियो । साथै, सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले वैशाखमा दुई दिन भएको सेयर कारोबारको राफसाफ तथा फस्र्यौट कार्यसमेत २० जेठसम्म स्थगित भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया