Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

सडकमा उभरको यात्रामा छु। साथमा दुर्गाजी ,छोरा डा.अभिचन्द्र र सहकर्मी भाइ बिक्रम कार्की छन्।
सडकको चौडाईमा चारचार पंत्तिमा सवारीहरुछन् एकतर्फी गुडिरहेका ।

अर्को पट्टी डिभाइडरले छुट्याएको छ । सडक हाम्रो विपरीत दिशामा सलल बगेकोछ । सडकको दुबै किनारमा सघन हरियाली छ । कतै आँप सेताम्य फुलेको छ । कतै सिमल रक्ताम्य छ । पृष्ठमा गगनचुम्बी भवनहरुले “कहिले हो यो आगमन ओ पहाडको मान्छे” भनेझैँ लाग्छ ।

लाग्छ उनीहरु साउती मारिरहेछन् र सोधिरहेछन्।डिभाईडरमाथि मुस्कुराइ रहेको हरियाली छ । सफा आकाशमुनि धुलो रहित नयाँदिल्ली मसित हिडिरहेछ ।

सडकबीच डिभाइडरको निलो साडीको बोर्डर जस्तो । त्यो किनारा छेउ उभिएर ईन्दिरा गान्धी त कहिले शीला दीक्षितको देदीप्यमान मुहारले “दिल्लीमे आपकी स्वागत है” भने जस्तो लाग्छ , बारम्बार ।

केजरीवालले “क्या ढुंड रहे हो जी ” कानको छेउ तातो बतास भएर गए जस्तो लाग्छ। म आँप फुलेको बेलामा, राताम्य सिमल फुलेको बेलामा दिल्ली आएकोछु । मनमा एउटा नौलो अनुभूतिले सलबल सलबल गर्न थालेको छ।
छिनछिनमा म गाउँ, घर र देश सम्झिरहेको छु ।

मेरो शिरमाथि ओभरहेड ब्रिजमा मेट्रो रेलले बेसकन गुड्दै सोधेको छ “तिम्रो काठमाडौंमा मलाई कहिले निम्ताउछौ” खिसिट्युरी उसको यो पछि सम्म बिझिरहेको छ मलाई । एउटा अव्यक्त पीडाले यो मनमा बास भेटे जस्तो।
क्रमश…….         नयाँदिल्ली भारत, ८ चैत २०७६ (बालचन्द्र सुब्बा दिल्लीमा उपचाररत हुनुहुन्छ)

तपाईको प्रतिक्रिया