Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

पत्रपत्रिका खबर

काठमाडौं, २ जेठ २०७७ । अतिआवश्यकीय वस्तुको आपूर्ति सहज भएको बेला पनि उपभोक्ता कृत्रिम महँगीको मारमा परेका छन । उजुरी आएपछि मात्रै बजारमा सरकारी अनुगमन तथा नियमनकारी निकाय पुग्ने अन्यथा नजाने गरेका कारणले व्यापारीले तोकिएको अधिकंतम खुद्रा मूल्यभन्दा बढी मूल्य लिएर खाद्यवस्तु खुलेआम विक्री गरिरहेका छन । यस्तै निजीस्तरबाट सञ्चालित अस्पतालले पनि सेवाग्राहीसँग मनपरी शुल्क लिने गरेका छन ।

उपभोक्ताको उजुरीका आधारमा मङ्गलबार सरकारी टोलीले काठमाडौँको ठमेलस्थित मनमोहन अस्पताल र मिनभवन फार्मेसीको क्लिनिकले सेवाग्राहीसँग मनलाग्दी मूल्य लिएको प्रमाणित भएपछि क्रमशः दुई लाख ५० हजार र दुई लाख रूपियाँ जरिवाना गरेको छ ।

उपभोक्ताको उजुरीका आधारमा अनुगमनका लागि पुगेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले दर्ता शुल्क एक हजार ७०० रूपियाँसम्म लिएको पाएपछि उक्त जरिवाना गरिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईको प्रतिक्रिया