आइतबार, चैत्र १९, २०७९
Sunday, April 2, 2023

किसानलाई बाली बिमा बारे थाहै छैन्

झगेन्द्र खड्का
गौरादह, १ जेठ २०७७ । गौरादह नपा वडा नं. ६ को दामुना आसपासका क्षेत्रमा लगाएको मकैमा दाना नलाग्दा किसानहरु निराश भएका छन।किसानहरुले नगदे बालीका रुपमा आयआर्जन गर्ने उदेश्यले हाईब्रेड जातका मकै लगाएपनि दाना नलागी खोया मात्र भएपछि किसानको लगानी समेत डुबेको छ।

मकैमा दाना नलाग्दा किसानहरुको लाखौ रुपैयाँ नोक्सानी भएको छ। किसानहरुले बाली बिमा पनि गरेका छैनन् । उनीहरुलाई बिमा सम्बन्धमा थाहा पनि छैन् । स्थानीय सरकार पनि मौन छ । बिउ सिफारिस गर्ने निकाय तथा ब्यवसायी पनि मौन छन् । किसानको लाखौं नोक्सानी हुने भएपछि पिरोलिएका छन् ।

अधिकांश साना किसानहरुले १० कठ्ठा देखि १ बिघा सम्म जग्गामा मकै लगाएका छन। पछिल्लो समयमा किसानहरुले बढी फल्ने आशामा पहिलेदेखि लगाउदै आएको स्थानीय जातको मकैलाई छोडेर हाईब्रेड जातका मकै लगाउदै आएका छन।

किसानहरुले प्राय जुनसुकै बालि लगाउदा पनि प्रत्येक बर्ष कुनै न कुनै समस्या झेल्दै आएका छन्।अधिकांश किसानहरुले मंसिर महिनामा हाईब्रेड जनतका मकै लगाउने गर्दछन्। किसानहरुले हाईब्रेड जातका मकैको बिऊ खरिद गरेर लगाएपछि दाना नलाग्दा समेत बीउ बिक्रीवितरण गर्ने एग्रोभेट मौन छ।

मकैको बिऊको पहिचान गरी बिऊको अवस्था बुझेर कार्वाही भएको छैन।मकै लगाएको केही महिना पछि बोट हेर्दा अत्याधिक मात्रामा मकै फल्ने देखिएपछि किसानहरु दंग परेका थिए।धानचमर आएपछि मकैको बोटमा जोर घोगा लागे घोगापनि ठूलठूला भएको देखेपछि घरमा मकैराख्ने ठाउँ नहुनेभयो भन्ने किसानलाई चिन्ता समेत बढ्यो। दुर्भाग्यबस मकैमा खोया ठूलो लाग्यो तर दाना नलागेपछि उनीहरू निरास भए।

गौरादह नगरपालिका वडा नं. ६ का किसान शेर बहादुर पराजुलीले यस बर्ष करिब १२ कठ्ठा जग्गामा मकै खेती गरेका थिए।उनले लगाएको मकैमा दाना नलागेर खोया मात्र लागेको छ।

मकैको बोट र जोर घोगा लागेको देख्ता लगभग ७० मन सम्म मकै फल्ने बिस्वासमा राहेका पराजुली दाना नलागेको देख्दा छांगाबाट खसेझैं भए।उनको खेतमा लहलह भएको मकैका बोट हेर्दा गाउँलेहरुले यसबर्ष मकैमा बाजि मारेको भन्ने गर्दथिए।

नगदे बालिका रुपमा लगाएको मकैमा ट्याक्टर लगाएर खेत जोतेको, मल,पानी, किटनासक औषधि लगाएको र गोडमेल गरेको परिश्रम, लगानी र मेहनत खेर गयो भने मकैको बोट गाई बस्तुलाई ठिक्क भयो। उनले मकैको बाली बिमा पनि गरेका थिएनन् । बाली बिमाको बारेमा किसानलाई थाहा नभएको उनले बताए । बाली बिमा गरेको भए किसानले क्षतीपूर्ती पाउने थिए ।

पराजुली जस्तै सोहि ठाउँमा मकै लगाएका अर्का किसान भुवन पाण्डेको ब्याथा पनि उस्तै छ।उनले पनि करिब १० कठ्ठा जग्गामा हाईब्रेड जातका मकै लगाएका थिए।उनको खेतमा लगाएको मकैमा पनि दाना लागेन।पराजुली र पाण्डे जस्तै अन्य किसानहरुको पनि मकै भने जस्तो फलेन।कसैको पातला दाना लागेभने घोगा साना लागेको किसानहरु बताउँछन्।

वडा नं. ६ का किसानहरुले श्री कृष्ण एग्रोभेट दामुनाबाट टि.एस.,पाइनर, लगायतका हाइब्रेड जातका मकै लगाएका हुन।वडा नं. ६ का वडाध्यक्ष खड्ग प्रसाद पराजुलीले मकै लगाएर दाना नलागेका किसानहरुलाई वडा कार्यलयमा निबेदन दिन आग्रह गरेका छन्। मकैको बिऊ खरिद गरेको बिल भएमा बीउ बिक्रीवितरण गर्नेलाई कार्यवाहीको लागि पहल गर्न सकिने बताउदै मकैमा भएको नोक्सानीका आधारमा आउदो सालका लागि बिउ खरिद गरेर दिन सकिने वडाध्यक्ष पराजुलीले बताए।

तपाईको प्रतिक्रिया