Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, ३१ वैशाख २०७७ । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठ्माडौंको प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमा १९६ पुरुष र ४७ महिला रहेका छन् ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितमा रुपन्देही जिल्ला निवासी २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरु र ४, १०, २८, वर्षीय महिलाहरु रहेका छन् । यस्तै, कपिलवस्तु निवासी २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षीय पुरुषहरु र पर्सा निवासी ३६, ७४ वर्षीय पुरुषहरु र ३६ वर्षीय महिला रहेका छन् भने, नवलपरासी निवासी ३६ वर्षीय पुरुष रहेका छन् । आज मात्र २ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

तपाईको प्रतिक्रिया