Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठ्माडौं, ३१ वैशाख । कोभिड-१९ का लागि केस अनुसन्धान तथा कन्टयाक्ट खोज पड्ताल टिम परिचालन निर्देशिका स्वीकृत भई लागु भएको जनाएको छ । यो टिम हरेक पालिकाहरुमा कार्यरत रहने जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, कोभिड-१९ कै सन्दर्भमा स्वास्थ्य संस्थाहरुमा संक्रमण रोकथामको लागि पकेट बुक तयार भएर लागु भएको र स्वास्थ्यकर्मीको लागि प्रयोगमा आएको मन्त्रालय का प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । डा. देवकोटाले  नेपालमा कोरोना जित्नेको संख्या ३५ पुगेको र संक्रमितको संख्या २१९ पुगेको बताए। बुधबार मात्रै दुई जना कोरोना जितेर डिस्चार्ज भएका छन् भने दुईजनामा संक्रमण देखिएको छ। संक्रमित हुनेमा कपिलवस्तुका १ र वीरगन्जका १ गरी दुईजना पुरुष हुन्। यस्तै बुटवल र चितवनमा उपचारत २५ वर्षीय पुरुष र ६३ वर्षीया महिला डिस्चार्ज भएका छन्। पुरुष ११ ‌‍‍‌औं दिनमा र महिला २६‍‌औं दिनमा डिस्चार्ज भएका हुन्।

कोरोना भाइरस आशंकामा गत २४ घन्टामा ३ हजार ४९ नयाँ नमूना परीक्षण भएका छन्। बुधबार मात्र थप २ जनामा कोरोना संक्रमण देखिएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार योसहित संक्रमितको संख्या २१९ पुगेको छ। जसमध्ये १७६ पुरुष र ४३ महिला छन्।

हालसम्म कोरोना आशंकामा ८१ हजार ६५९ नमूना परीक्षण भएका छन्।स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डा.विकास देवकोटाका अनुसार सातवटै प्रदेशमा कोरोना परीक्षण भइरहेको छ।

जसमध्ये पीसीआरबाट २१ हजार ३४० र आरडीटीबाट ६० हजार ३१९ नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।यस्तै गत २४ घन्टामा पीसीआर प्रविधिबाट २ हजार ३५७ नमूना र आरडीटीबाट ६९२ गरी ३ हजार ४९ नयाँ नमूना परीक्षण भएका हुन्।

प्रवक्ता तथा डा. विकास देवकोटाका अनुसार सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ। जसमध्ये प्रदेश १ मा ८ हजार ३२०, प्रदेश २ मा ५हजार ९३७, बागमती प्रदेशमा ९ हजार ३६३ , गण्डकी प्रदेशमा ६हजार५२६ प्रदेश ५ मा ७ हजार २२१ र कर्णाली प्रदेशमा ७ हजार २२९ र सुदूरपश्चिम प्रदेशमा १५हजार ७२३ गरी कुल ६० हजार ३१९ नमूना परीक्षण भएका छन्।

यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या १४ हजार ३१३ जना पुगेको छ। जसमध्ये प्रदेश १ मा ९५९ प्रदेश २ म १हजार५७४, बागमतीमा १०१ , गण्डकीमा २८९,प्रदेशमा ५ मा ६ हजार ९८९, कर्णालीमा १ हजार ५६३ सुदूरपश्चिम प्रदेशमा २ हजार ८४८ छन्।

आइसोलेसनमा २४५ जना छन् । जसमध्ये काठमाडौंमा ६ र उपत्यका बाहिर २३९ जना छन्। प्रदेश विवरणअनुसार प्रदेश १ मा २१ जना, प्रदेश २ मा ९८ जना छन्, बागमतीमा २५ जना र प्रदेश ५ मा १०१ जना रहेका छन्।

हालसम्म ६ वटा प्रदेशमा कोरोना संक्रमण देखिएको छ। जसमध्ये प्रदेश १ मा ३५, प्रदेश २ मा ९६, बागमतीमा ९ जना, गण्डकीमा ‍२ जना , प्रदेश ५ मा ७२ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी कुल २१९ जनामा कोरोना संक्रमण देखिएको हो।

बाँकी संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ।उनले सबै स्वास्थ्यकर्मीलाई सुरक्षाका उपाय अपनाएर निडर भएर काममा लाग्न आग्रह गरेका छन्। गत २४ घण्टामा ९ जना रेडजोनमा परेका छन् । हालसम्म रेडजोनमा पर्ने व्यक्तिको संख्या ३५४ रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया