Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरीगंज,३१ वैशाख २०७७ । जिल्ला प्रशासन कार्यलय चन्द्रगढीका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा आएको अनुगमन टोलिले गौरीगंजका एक ब्यापारीलाई बिषादी मिसाइएको गहुँको बीउ खाद्यान्नको रुपमा बिक्री गरेको आरोपमा जरिवाना गरिएको छ।

म्याद नघेको गहुँलाई धोएर सफा बनाई खाद्यान्नको रुपमा बिक्रीवितरण गरेकोमा गौरीगंज गाउँपालिका वडा नं -३ का रविन खरिद बिक्री केन्द्रका प्रोप्राइटर रविन पौदारलाई एक लाख रुपैयाँ जरिवाना गराइएको हो। पौदारबाट जफत गरिएको करिव ७ मन गहुँको बिऊ अनुगमन टोलिले चेकजाँच र छानबिन गर्दा अस्वास्थयकर पाइएकाले जरिवानाका साथ गहुँको बिऊ नष्ट गरेको छ।

अनुगमन टोलिले पौदारलाई अब उपरान्त यसप्रकारको कार्य नगर्न चेतावनी दिदै १ लाख रूपैयाँ जरिवाना गरिएको खाद्य तथा साना घरेलु उद्योग कार्यालयका प्रमुख छविलाल खतिवडाले जानकारी गराए।

जिल्ला प्रशासन कार्यालय चन्द्रगढीका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी खरेलको नेतृत्वको टोलीमा उद्योग कार्यालयका अधिकृत दुर्गा वास्कोटा, खाद्य अनुगमन कार्यालयका प्रमुख भरत बहादुर पुरी लगायतको उपस्थिति रहेको थियो।

गत सोमवार विहान व्यापारी पौदारले विष मिसाएर राखिएको गहुँको बिऊ धोएर घाममा सुकाईरहेको अवस्थामा स्थानियले वार्ड नं। ३ का अध्यक्ष मखना महतोलाई जानकारी गराएका थिए। उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष समेत रहेका मखना महतो , गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराई समेतको टोलीले सुकाएको गहुँको बिऊ जफत गरि वार्ड नं ३ को वडा कार्यालय छेउको गुदाममा राखेका थिए।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडको म्याद नाघेको उन्नत जातको गहुँको बीउ फेला परेको उद्योग वाणिाज्य संघ गौरीगंजका अध्यक्ष मखना महतोले जानकारी गराए।फेला पारिएको सुधारिएको गहुँको बिऊको ट्यागमा सुरक्षित रूपमा भण्डारण गरे गहुँको प्रमाणिकरण म्याद बढीमा एक बालीसम्म रहने लेखिएको छ । गहुँ बाली लगाउने समय कार्तिकर मंसिर महिना भएकाले गहुँको बोरामा राखिएको ट्याग अनुसार गहुँको बिऊमा विषालु औषधीबाट उपाचार गरिएकाले गहुँ बिक्री गर्न धोई पखाली गरेको हुन सक्ने अनुमान गरिएको छ।

गहुँको बिऊ एक सिजन भन्दा बढी राख्दा म्याद सकिने भएकाले बोरामा भएको ट्याग अनुसार गहुँको म्याद गुज्रिसकेको हो।धान,चामल र गहुँ किनबेच गर्ने स्थानिय व्यापारी पौद्वारले ८ क्वीन्टल गहुँको बीउ अर्का स्थानिय व्यापारी गौरीगंज गाउँपालिका वार्ड नं। ३ घर भएका पाण्डब झासंग एक हप्ता अगाडि खरिद गरेका थिए।

खरिद गरिएको गहुँको बिऊ म्याद गुज्रिएकाले घरमा राख्नका लागि धोएर सुकाएको पौद्वारले बताए।गहुँ बिक्री गर्ने उदेश्य नभएको पनि जानकारी गराए।बीउ विजनका लागि ल्याईएको विषादीयुक्त गहुँलाई धोई पखाली घाममा सुकाएर तयार पारी गहुँ अन्य साना व्यापारीहरूलाई पौद्वारले बेच्ने गरेको अन्य ब्यापारीहरुले आरोप लगाएका छन् ।बजारमा गहुँको पिठो बनाई बेच्ने खुद्रा साना व्यापारीहरूले रविनसंग सोही गहुँ खरिद गरि लाने गरेको बताएका छन।

कृषकलाई बेच्न ल्याईएको गहुँको बीउ समय सिजनमा नबिकेपछि व्यापारी पाण्डबले हालको गहुँको मूल्य भन्दा कम दर रेटमा पौद्वारलाई बेचेको व्यापारी झाले स्वीकार गरे । विउको गहुँ धोई पखाली घाममा सुकाएपछि हेर्दा शुद्व र खानलायक जस्तो देखिने भएकाले पौद्वारले धोएर सुकाएको एक स्थानियले बताए।

धोए पनि विषादी पाखालेर नजाने भएकोले खान नहुने गहुँ उपभोक्तालाई बेचिरहेको पाईएकोले त्यस्ता व्यापारीलाई सशक्त कार्वाही हुनु पर्ने स्थानीयले माग राखेका थिए।

तपाईको प्रतिक्रिया