Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

विराटनगर, ३० वैशाख । भारतीय सुरक्षाकर्मीले सोमबार राति १५ जना नेपालीलाई विराटनगरको रानी नाकाबाट नेपाल प्रवेश गर्न दिएका छन् ।

पैदल र सवारी–साधानको माध्यमबाट रानी आइपुगेका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले राति नै नेपाल प्रवेश गराएका हुन् ।

मोरङ, सुनसरी र झापा घर भएका युवाहरु दिल्लीबाट पैदल र ट्रकको सहायतामा आएको बताइएको छ ।

रानी भन्सार आइपुगेपछि राति भारतीय प्रहरीले नेपाल पठाइदिएको उनीहरुले बताएका छन् ।

नेपाल प्रवेश गर्न खोज्ने अन्य केही नेपालीलाई नेपाल प्रहरीले सीमावर्ती क्षेत्रमा रोकेको छ ।

उनीहरुलाई सम्बन्धित पालिकाहरुसँग समन्वय गरी ‘क्वारेन्टाइन’मा पठाउने तयारी गरिएको छ ।इमेज

तपाईको प्रतिक्रिया