Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

भक्तपुर, ३० वैशाख । शिक्षकको कार्य सम्पादन मूल्याँकन बारे शिक्षक सेवा आयोगले नयाँ निर्णय गरेको छ । कोरोना भाईरस कोभिड-१९ को जोखिम न्यूनीकरण गर्न भन्दै जारी लकडाउनका कारण नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्न असहज भएकोले विद्यालयहरु नियमित सञ्चालन भए पछि मात्रै उक्त कार्य गर्न सकिने आयोगले निर्णय गरेको हो ।

लकडाउन खुला भइ विद्यालयहरु सञ्चालनमा आउने समय यकिन भईनसकेको सन्दर्भमा शैक्षिक बर्ष २०७६ को कार्य सम्पादन मूल्याँकन फाराम भर्ने, दर्ता गर्ने र मूल्याँकन गर्ने कार्यको लागि विद्यालयहरु नियमित सञ्चालन भए पश्चात आयोगले निश्चित अवधि सहित पुनः सूचना प्रकाशन गर्ने मंगलबार भएको आयोगको निर्णयमा उल्लेख छ ।

आयोगको नियमावली २०५७ को नियम ३२ (घ) को उपनियम ७ मा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक सत्र शुरु भएको ३० दिन भित्र कार्य सम्पादन मूल्याँकन फाराम भरी सम्बन्धित विद्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था छ ।

तर चैत ११ गते देखि जारी लकडाउनका कारण विद्यालयहरु बन्द भएपछि कार्यसम्पादन मूल्याँकन फाराम भर्ने कार्य के गर्ने भन्ने अन्यौल भएको थियो । लकडाउन जेठ ५ गते सम्मका लागि तोकिएको छ ।eduखबर

तपाईको प्रतिक्रिया