Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

पत्रपत्रिका खबर
३० वैशाख २०७७ । महामारीको यो हुण्डरीले हाम्रो व्यक्तिगत तथा सामाजिक व्यवहारमा थुप्रै परिवर्तन ल्याएको छ । अँगालो र चुम्बन त परको कुरा, ‘ह्यान्डसेक’बाट समेत वञ्चित भएर बस्नुपर्ने पश्चिमा समाजको विवशता त हामी अनुमान पनि गर्न सक्दैनौँ ।

यसबीच विश्वका ठूला नेताले अभिवादनमा ‘नमस्कार’ अर्थात् ‘नमस्ते’ गरेका कुरा पनि मूलधारका राजनीतिभन्दा कम चर्चित छैनन् । गत मार्चमा ब्रिटिस क्याबिनेटका सदस्यलाई राजकुमार चाल्र्सले गरेको नमस्तेदेखि फ्रान्सका राष्ट्रपति इमानुएल मेक्रोनसम्म नमस्तेका तस्बिर इन्टरनेटमा भाइरल बने ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त नागरिकलाई हात मिलाउनुको सट्टा नमस्ते गर्न अपिल नै गर्नुभयो । नमस्तेको कहानी यत्तिमै सकिँदैन, विश्व शक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसमेतले नमस्तेलाई ‘नन–कन्ट्याक्ट ग्रिटिङ्स’ भनी प्रशंसा गरे । कोरोनाबाट बच्न गरिएको ‘नमस्ते’ भविष्यमा स्वच्छ र सभ्य अभिवादनको विश्वव्यापी मानक बन्ला ?विद्वानबीच चर्चा भइरहेको छ ।

प्रिन्सटन युनिभर्सिटीका मनोविज्ञान प्राध्यापक अल्क वेबर मानिसका बानी र व्यवहार आर्थिक सामाजिक सन्दर्भसँगै परिवर्तन हुन्छन् । स्वास्थ्यका लागि बानी परिवर्तन नहुने कुरै छैन । पश्चिमी जीवनशैली हस्त मिलन अर्थात् ह्यान्डसेकबिना कस्तो होला ? परिचर्चा भइरहेको छ भन्छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ती लामाले लेखेकी छिन् ।

तपाईको प्रतिक्रिया