बुधबार, चैत्र १५, २०७९
Wednesday, March 29, 2023

झापा, २९ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा बहिरंग(ओ.पि.डी.) सेवा सुचारु गर्न निर्देशन दिएको छ। कोरोना महामारीको जोखिम बढेपछि सरकारले देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द गर्न निर्देशन दिएको थियो।

सरकारको निर्देशनपछि सर्वसाधारण अत्यावश्यक स्वास्थ्य सेवाबाट वञ्‍चित हुनु परेको अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण अस्पताल एवं स्वास्थ्य प्रदायकले संक्रमण रोकथाम र नियन्त्रणका सावधानिहरु पालना गर्दै बहिरंग(ओ.पि.डी.)सेवा लगायतका अन्य नियमित स्वास्थ्य सेवाहरु सुरु गर्न मन्त्रालयले भनेको छ।

स्वास्थ्य आपतकालीन सञ्‍चालन केन्द्रका प्रमुख डा. गुणराज लोहनीले अस्पतालमा बहिरंग(ओ.पि.डी.)सेवा सुचारु गर्दा अस्पतालले कोरोनाको जोखिमलाई ध्यान दिन आग्रह गरेका छन्। डा. लोहनीले सरकारले तोकेको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका सावधानीको मापदण्डको पालना गर्नु पर्ने पनि बताएका छन्।

 

तपाईको प्रतिक्रिया