Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

पत्रपत्रिका समचार

मोरङ, २८ बैशाख २०७७ । कोरोना भाइरस संक्रमणबाट रोकिन नेपाल-भारत दुवै देशका सरकारले सीमा सिल गरेको छ । तर, सीमा क्षेत्रका बासिन्दाले खुला सीमाका कारण सीमा वारपार गर्ने गरेको छ । मोरङको सीमावर्ती स्थानीय तहको विभिन्न क्षेत्रबाट आवतजावत गर्ने गरेको हो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – दुवै देशका सीमा सुरक्षाबल सीमा तैनाथ गरिएको अवस्थामा पनि खुला सीमाका कारण दक्षिणी भूभाग भारतको बिहार राज्यसँग जोडिएको क्षेत्रबाट नेपाल आउने गरेको हो । सीमा क्षेत्रका भारतीय राति–राति नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको कडा सुरक्षाबीच पनि मकैघारी हुँदै नेपाल प्रवेश गरिएको पाइएको छ ।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा एक–एक किलोमिटरमा पाल टाँगेर बसेको र नेपालबाट भारत र भारतबाट नेपाल प्रवेश गर्नमा रोक लगाएको तथा दिनरात नभनी सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको दाबी छ । तर, सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुवैतिर मकै खेती रहेकाले भारतीय नेपाल भारतीय सहजै प्रवेश गरेको हो ।

सीमाक्षेत्र गाँसिएको स्थानीय तहका प्रमुखहरूले समेत भारतीयको प्रवेश नरोकिएकाले कोरोनाले महामारी अझै बढ्न सक्ने बताए । ग्रामथान गाउँपालिका प्रमुख हरिलाल सिङले दैनिक भारतीय नेपाल प्रवेश गर्ने गरेको बताए । दुवै क्षेत्रमा मकैखेती रहेकाले मकैबारीबाट भारतीय प्रवेश गर्ने गरेको उनले बताए ।

स्थानीय तहले रोक्न नसक्ने भएकाले सीमासुरक्षा बल भारतीयलाई प्रवेश गर्नबाट रोक्न नसकेको बताए । ४ दिनअघि मात्रै आधा दर्जनभन्दा भारतबाट नेपाल आएकाको बताए । भारतबाट नेपाल आउनेको थाह पाएपछि होम क्वारेन्टाइनमा राखेको उनले बताए । धनपालथानमा मयागंज छोटी भन्सारको आसपाससहित खैरवाना, नोचा गररिया भारतीय नाकाबाट नेपाल भित्रिने गरेको उनले बताए ।

सुनवर्षी नगरपालिका प्रमुख कालीप्रसाद दासले भारतीयको आवतजावत नरोकिएकाले अझै नियन्त्रण गर्न चुनौती थपिएको बताए । पटक–पटक सबै सुरक्षा निकायलाई आग्रह गर्दे आए पनि बन्द हुन नसकेको उनले बताए ।

उनले नेपालबाट नेपाल ल्याउन खोज्दा प्रशासनले रोक्ने तर भारतीय सहजै नेपाल प्रवेश गर्ने रबैयाले असुरक्षित बनेको उनले बताए । सुनवर्षी नगरपालिका–७ स्थित वरडंगाको १ सय ५९ नम्बर पिलर आसपास भारतीय मकैखेतीबाट आउने गरेको बताइएको छ । वरडंडाका रमेश साहले भारतीय मजदुर नै कामका लागि ल्याउने गरेको बताए ।

उनीहरू समेत लिजमा ।९ बटिया० खेती लिएर गर्ने गरेको जानकारी दिए । सशस्त्र प्रहरीका हवल्दार शम्भु महतोले अहिले कुनै भारतीय नेपाल प्रवेश नगर्ने गरेको बताए। उनले भने, ‘ सीमा हामी आएपछि रोकेका छौं । आउन खोज्छ तर आउन दिँदैनौँ ।’

भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर सीमा प्रवेश रोक्न सफल भएको बताए । सीमा क्षेत्रमा बसोबास गर्ने धेरैजसो भारतीय नेपालमा खेतीपाती गरेका छन् । नेपाल भारतको खुला सीमा भएका कारण भारतीय गाईवस्तु समेत चराउन नेपाल आउने गरेको छ । यसरी नेपाल प्रवेश गर्दा नेपालीमा खतरा बढ्दै गएको स्थानीय तहका प्रतिनिधिले बताएका छन् ।

नेपालको बरडंडासँग जोडिएको भारतीय क्षेत्र साइदा वाद कलौनी छ । त्यहाँका भारतीय हुल बनाएरै नेपालतर्फ गाई चराउन आउने गर्छन् । भारतीय सुरक्षा बलका जवानका अनुसार साँझमा समस्या आउने गरेको बताए ।

नेपालमा जग्गा भाडामा लिएर खेती गर्न दिनहुँ नेपाल आउन खोज्ने भारतीय नागरिकका कारण लकडाउनका बेला सीमा सुरक्षामा चुनौती थपिएको सुरक्षा अधिकारीले बताएका छन् । पूर्वदेखि पश्चिम तराईसम्मका नेपालका सीमावर्ती क्षेत्र नजिकका जग्गामा कैयौँ भारतीय नागरिकले खेती गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया