Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झापा, २७ वैशाख । झापाको कमल गाउँपालिका-५ पाडाजुँगीमा हिंजो साँझ ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

ना ६ ख ५४०१ नम्बर ट्रकले ठक्कर दिँदा इलामको चुलाचुली-४ का ३१ वर्षीय रणबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्ववाट पश्चिम तर्फ जादै गरेको बा.६८ प.९७७० नम्बरको मोटरसाईकल र पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना.६ ख. ५४०१ नम्बरको ट्रक हिँजो साँझ ७ः३० वजे एकआपसमा दुर्घटना भएको प्रहरीको भनाई छ ।
ठक्करवाट सख्त घाईते भएका मोटरसाईकल चालक लिम्बुको उपचार गर्न दमक अस्पतालमा ल्याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले वताए ।
ठक्कर दिने ट्रक र चालक शिवसताक्षीका २७ वर्षीय कबिन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया