Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026

वैशाख २७, २०७७

संयुक्त अरब इमिरेट्स । संयुक्त अरब इमिरेट्स (युएई) को शारहजामा एकै दिन २२ नेपाली कामदारहरुमा कोरोना भाइरस(कोभिड(१९) को संक्रमण भेटिएको छ। ती सबै नेपाली महिला कामदार हुन् ।

शारहजाको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा कोभिड(१९ पोजिटिभ देखिएको थियो। पोजिटिभ हुनेमा २२ जना नेपाली महिला कामदारहरु रहेको एनआरएनए युएईको क्युआरएफ टिम नेपालका संयोजक पासाङ शेर्पाले बताए।

संक्रमित हुनेहरुलाई कम्पनीले आफ्नै क्वारेन्टाइन बनाएर अलग राखेको छ। तर क्वारेन्टाइनमा अलग्गै बाथरुम र शौचालय नभएकोले संक्रमण नभएका अन्य कामदारहरु समस्या रहेको शेर्पाले बताए। उक्त कम्पनीमा सयको हाराहारीमा नेपाली महिला कामदारहरु कार्यरत छन्।

उनीहरु स्कुल, कलेज, बैंक, विभिन्न अफिसहरुमा हाउस किपिङको काम गर्छन्। स्कुल, कलेजमा काम गर्नेहरु बेतलबी बिदामा छन् भने बैंक तथा अन्य प्रतिष्ठानहरुमा काम गर्नेहरु नियमित ड्युटी गरिरहेका छन्।

शेर्पाका अनुसार दुबई क्षेत्र भन्दा बाहिर समस्या परेकोले आफूहरुले कोरोना पोजेटिभ भएको अवस्थामा पनि दुबईमाझै सरकारी व्यवस्थित क्वारेन्टाइनमा पठाउन नसकेको बताए।

क्युआरएफले इमिरेट्स अफ दुबई भित्र मात्र हेर्न स्थानीय प्रहरीले दिएको अनुमतिका कारण अन्य इमिरेट्सको समस्या हेर्न नसकेको बताए। दुबईमा मात्र अहिलेसम्म ४४ जना नेपाली संक्रमित भएका छन् । जसमध्ये १२ जना उपचार पछि निको भएको, ५ जनाले कम्पनी क्वारेन्टाइनमा, २ जनाले आफ्नै निवासको सेल्फ क्वारेन्टाइनमा र २५ जनाले दुबई सरकारको क्वारेन्टाइनमा स्वास्थलाभ गरिरहेका छन्।

क्युआरएफले दुबई सरकारको क्वारेन्टाइनमा पठाउन सिफारिस गरेकोहरुको स्थानान्तरण दर शतप्रतिशत भएको बताउँदै शेर्पाले क्युआरएफमा जानकारी आएको बढीमा ७२ घन्टा भित्र दुबई सरकारले खाली ठाउँ हेरि संक्रमितहरुलाई स्थानान्तरण गरेको बताए।

गैर आवासीय नेपाली संघ(एनआरएनए)युएईका अध्यक्ष प्रकाश कोईरालाका अनुसार हाल सम्म युएईका सबै राज्यमा गरी एकसय ४९ जना नेपाली कोरोना संक्रमित भएका छन् । जसमा २७ जना उपचारपछि निको भएका छन् भने ६ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments