Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

पत्रपत्रिका समचार
ललितपुर, २७ वैशाख २०७७ । आगामी मंगलबारदेखि सेयर बजार कारोबार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको शुक्रबार बसेको बैठकले मङ्गलबारदेखि बजार खोल्ने निर्णय गरेको बोर्डका प्रवक्ता निरन्जन गिरीले जानकारी दिए । १० चैतदेखि धितोपत्र बजार बन्द गरिएको थियो ।

आजको गोरखापत्र दैनिकमा खबर छ – बजार खुलाउनका लागि आइतबार र सोमबार आवश्यक तयारी गरेर मंगलबारदेखि दैनिक ११ देखि १ बजेसम्म सेयर कारोबार हुने गरी बजार खोल्ने तयारी भएको धितोपत्र बोर्डले जनाएको छ ।

दैनिक २ घण्टाको कारोबार गर्दा सुरूको कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्ट गर्दा २ प्रतिशतसम्म परिवर्तन हुनसक्ने व्यवस्था गरी समग्रमा दिनको ३ प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्न पनि धितोपत्र बोर्डले निर्णय गरेको छ ।

त्यस्तै धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रूपमा आइपीएस वा विद्युतीय माध्यममार्फत् गर्नुपर्ने र धितोपत्र खरिद गर्दा पनि आईपीएस या विद्युतीय माध्यममार्फत गर्न प्रोत्साहन गरिने बोर्डले जनाएको छ । यो व्यवस्थालाई आगामी साउनदेखि भने अनिवार्य नै गरिने पनि निर्णय भएको प्रवक्ता निरन्जन गिरीले बताए ।

तपाईको प्रतिक्रिया