Online Bichar
मंगलबार, मंसिर ०२, २०८३ | Tuesday, November 17, 2026

बुधबारे, २६ वैशाख। कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि राज्यले लकडाउन गरेपछि अति विपन्न नागरिकलाई खाद्यान्य उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको ‘एकका लागि एक’ अभियानमा जेसीज पूर्व अध्यक्ष समाज झापाले २१ हजार आर्थिक सहयोग गरेको छ ।

एक परिवारले एक विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको सो अभियानमा सह–आयोजक संस्था जेसीज पूर्व अध्यक्ष समाज झापाले आज सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र बुधबारेमा सो रकम अभियानको खातामा जम्मा गरेको जेसीज पूर्व अध्यक्ष समाज झापाका महासचिव विष्णु रिमालले बताउनु भयो ।

रकम जेसीज पूर्व अध्यक्ष समाज झापाका महासचिव जेसी विष्णु रिमाल, बुधबारे जेसीज वर्ष २०२० का अध्यक्ष जेसी नन्दकुमार याफु राई र जेसी अनिल वाग्लेले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र बुधबारेका प्रमुख सागर ओझालाई हस्तान्तरण गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments