Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २६ वैशाख । सांसदसहित संघीय संसद सचिवालयका ४ सय ४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।बजेट अधिवेशन सुरू हुनुअघि हिजो थ्रोट स्वाब संकलन गरिएका सांसदसहित संसद सचिवालयका सबै कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालय स्रोतका अनुसार १७९ प्रतिनिधिसभाका सदस्य, ३३ जना राष्ट्रिय सभाका सदस्य र २२९ कर्मचारी तथा मर्यादापालक गरी ४ सय ४१ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।

उनीहरू सबैको रिपोर्ट आज दिउँसो ४ बजे बस्ने नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने स्रोतले बतायो ।

संसद बैठक अघि कोरोना भाइरस भए नभएकोबारे पीसीआर विधिबाट परिक्षण गर्ने कार्य व्यवस्था समितिको निर्णयअनुसार हिजो संसद अन्तर्गत ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।

तपाईको प्रतिक्रिया