Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

विराटनगर, २६ वैशाख । विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रको ‘आइसोलेसन’मा बस्दै आएका थप ८ जना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । उनीहरुको सोमबारदेखि लगातार तीनपटक गरेको स्वाब परीक्षण ‘रिपोर्ट नेगेटिभ’ देखिएपछि शुक्रबार उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

अस्पतालले उदयपुर, भुल्केका १५ जनाको स्वाब परीक्षण गरिएकोमध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने अन्य ७ जनाको रिपोर्ट ‘पोजिटिभ’ आएको थियो ।

नेगेटिभ रिपोर्ट आएर डिस्चार्ज हुनेहरु एक भारतीय, विराटनगर–१७ का दुई र एक महिलासहित पाँचजना भुल्केका छन् ।

उनीहरुमा वैशाख ८, ९ र १० गते संक्रमण पुष्टि भएपछि उपचार केन्द्रमा ल्याइएको थियो ।

डिस्चार्ज भएकाहरुमध्ये तीनजनालाई विराटनगर रानी मर्कजमा रहेको मस्जिदमा र पाँचजनालाई उदयपुर पठाइएको छ ।

कोरोनाको संक्रमणको सामना गरेको प्रदेश नम्बर–१ क्रमिकरुपमा जित हासिल गदै गएकाले अबका दिनमा पनि सरकारले ‘ट्रेसिङ’, ‘टेस्टिङ’ र ‘ट्रिटमेन्ट’को विधिलाई अवलम्बन गर्दै जाने प्रदेश सरकारको योजना रहेको छ ।

कोसी कोभिड–१९ अस्पतालमा भर्ना भएकाहरुमध्ये लगातार तीनपटकसम्म स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आउनेको संख्या १३ पुगेको छ ।

रिपोर्ट पोजिटिभ आउनेहरुको पाँच दिनपछि पुनः स्वाब परीक्षण गरिने बताइएको छ ।इमेज

तपाईको प्रतिक्रिया