Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठ्माडौं, २५ वैशाख । बिहीबारसम्म नेपालका १५ जिल्लामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ । बिहीबार कपिलवस्तुका दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०१ पुग्नुका साथै संक्रमणको फैलावट १५ जिल्लामा पुगेको हो । भारतबाट आएका दुई युवाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसबाहेक हालसम्म उदयपुरमा २८ जनामा कोरोनासंक्रमण देखिएको छ भने त्यसमध्ये ६ जना निको भएर घर फर्किएका छन् । यस्तै अन्य ८ जना पनि कोरोनासंक्रमण मुक्त भएर डिस्चार्ज हुने क्रममा रहेका छन् । उनीहरुको शुक्रबार डिस्चार्ज हुने प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी उदयपुरपछि पर्सामा सबैभन्दा धेरै २४ जना संक्रमित रहेका छन् । त्यसमध्ये ३ जना डिस्चार्ज भएका छन् ।

यसैगरी बाँकेमा २३ जना संक्रमित फेला पर्दा काठमाडौंमा ५ जनामा संक्रमण पुष्टि भएकामा ५ जना नै निको भएर घर फर्किसकेका छन् ।

यस्तै कैलालीमा ४ मध्ये ३ जना निको हुँदा रौतहटमा पनि ३ जनामा संक्रमण पुष्टि भएको छ। हाल १ जना भने निको भएर घर फर्किसकेका छन् ।
यसैगरी बागलुङका दुई संक्रमितमध्ये दुबै जना निको भएका छन् भने बारामा २ जना संक्रमित रहेका छन् ।

यसैगरी चितवनमा २ संक्रमितमध्ये एक जना निको भएर घर फर्किँदा, झापामा २, भोजपुरमा १, धनुषामा १ र रुपन्देहीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी कञ्चनपुरमा पनि एक जनामा संक्रमण पुुष्टि भएकामा ती संक्रमित निको भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया