Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २५ वैशाख । नेपाल सरकारलाई स्वीस सरकारले रोश डायग्नोस्टिकको कोभिड–१९ परीक्षण गर्ने ३० हजार थान टीवमोलविल पीसीआर टेष्ट किट हस्तान्तरण गरेको छ ।

त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा आज साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले उक्त किट हस्तान्तरण गर्नुभएको हो ।

स्वीस सरकार विकास सहयोग (एसडिसि) को सहयोगमा चार हजार पिपिई सेट एक हजार इनफ्रारेड थर्मोमिटर आठ हजार एन ९५ मास्क यसअघि नै हस्तान्तरण गरिसकेको छ । नेपाल सरकारलाई उक्त संस्थाले कोभिड–१९ को पूर्वतयारी, राहत र पुनस्थापनाका प्रयास सहयोग पु¥याउन रु पाँच लाखको कोष स्वीकृत गरेको छ । कोषले महामारी प्रभावित नेपालीको सामाजिक, आर्थिक असर घटाान एवं आवश्यकता र समावेशितामा आधारित कार्यमा प्रभावकारी सम्बोधन गर्नेछ ।

नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले ३० हजार किट सरकारलाई कोरोना भाइरस नियन्त्रण गर्न आवश्यक र महत्वपूर्ण परीक्षणलाई सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया