Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठ्माडौं, २५ वैशाख । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर दुई लाख ६५ हजार २४५ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका ३८ लाख ३५ हजार १९३ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, १३ लाख ७ हजार २७६ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ७४ हजार ८ सय ९ जनाको मृत्यु भएको छ भने १२ लाख ६३ हजार २२४ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो बेलायत जहाँ ३० हजार ७६ जनाको मृत्यु भइसकेको छ भने २ लाख १ हजार १०१ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

यस्तै, इटलीमा २९ हजार ६८४, स्पेनमा २५ हजार ८५७, फ्रान्समा २५ हजार ८०९, इरानमा ६ हजार ४१८, बेल्जीयममा ८ हजार ३३९, जर्मनीमा ७ हजार २७५, नेदरल्याण्डमा ५ हजार २०४, टर्कीमा ३ हजार ५८४, स्वीजरल्याण्डमा १ हजार ८०५, ब्राजिलमा ८ हजार ५८८ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ९९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन ।

तपाईको प्रतिक्रिया