Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

राजविराज, २५ वैशाख । ड्युटीमा खटिएका प्रहरी हवल्दार रामबहादुर मगरको मृत्यु भएको छ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगरको मृत्यु भएको हो।

ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी उनको आज एक्कासी मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

प्रहरी हबल्दार मगरको मृत्युबारे तत्काल कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यसअघि पनि एक सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असइ) को ड्युटीकै अवस्थामा मृत्यु भएको थियो ।

भारतसँग सीमा जोडिएको सप्तरीकोे बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असइ कुलबहादुर कार्कीको गत सोमबार मृत्यु भएको थियो । रासस

तपाईको प्रतिक्रिया