Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २५ वैशाख । भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनममा एउटा रासायनिक उद्योगमा ग्यास चुहिँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ ।

तीन सय भन्दा बढी बिरामीलाई अस्पताल भर्ना गरिएको छ । उद्योग आसपासका १५ सय बढी बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

ग्यासको धुवाँ तीन किलोमिटर वरिपरि फैलिएको र प्रभावित क्षेत्रबाट करिब १५ सय बढीलाई उद्धार गरिएको छ ।

प्रभावित धेरैले आँखा पोलेको र सास फेर्न गाह्रो भएको बताएका छन् । ग्यास प्लान्टको करिब तीन किलोमिटरको क्षेत्रमा जोखिम रहेको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान ३ बजे पोलिमर फ्याक्ट्रीमा दुर्घटना भएको थियो ।

स्टाइरिन ग्याँस चुहिएको हो र यो ग्यास सामान्यत रेफ्रिजिरेटरमा राख्ने गरिन्छ । लकडाउनका कारण २४ मार्चपछि पहिलो पटक उद्योग खोलेको बेला यो दुर्घटना भएको हो ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

भारतमा यसअघि सन् १९८४ मा भोपालमा रासायनिक प्लान्टमा भएको चुहावटमा हजारौँ मानिसको मृत्यु भएको थियो ।एजेन्सी

तपाईको प्रतिक्रिया