Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026

काठमाडौं, २५ वैशाख । भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनममा एउटा रासायनिक उद्योगमा ग्यास चुहिँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ ।

तीन सय भन्दा बढी बिरामीलाई अस्पताल भर्ना गरिएको छ । उद्योग आसपासका १५ सय बढी बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

ग्यासको धुवाँ तीन किलोमिटर वरिपरि फैलिएको र प्रभावित क्षेत्रबाट करिब १५ सय बढीलाई उद्धार गरिएको छ ।

प्रभावित धेरैले आँखा पोलेको र सास फेर्न गाह्रो भएको बताएका छन् । ग्यास प्लान्टको करिब तीन किलोमिटरको क्षेत्रमा जोखिम रहेको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान ३ बजे पोलिमर फ्याक्ट्रीमा दुर्घटना भएको थियो ।

स्टाइरिन ग्याँस चुहिएको हो र यो ग्यास सामान्यत रेफ्रिजिरेटरमा राख्ने गरिन्छ । लकडाउनका कारण २४ मार्चपछि पहिलो पटक उद्योग खोलेको बेला यो दुर्घटना भएको हो ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

भारतमा यसअघि सन् १९८४ मा भोपालमा रासायनिक प्लान्टमा भएको चुहावटमा हजारौँ मानिसको मृत्यु भएको थियो ।एजेन्सी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments