Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

वीरगञ्ज, २५ वैशाख । बीरगञ्जमा बुधबार थपिएका १७ जना कोरोना भाइरसका संक्रमित एकै परिवारका सदस्य भएको खुलेको छ ।

आइतबार वीरगञ्ज महानगरपालिका ३ छपकैयाका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाको परीक्षण गर्दा अरुमा पनि संक्रमण देखिएको हो ।

परीक्षणमा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । संक्रमित हुनेमा दुई महिनाको शिशुदेखि ६६ वर्षका वृद्धसमेत छन् ।

वैशाख २१ गते महानगरपालिका ३ स्थित छपकैयामा बस्ने एक पुरुषमा संक्रमण देखिएपछि उक्त पुरुषका परिवार र सम्पर्कमा आएकाहरूको परीक्षण गर्न काठमाडौं पठाइएको थियो ।

संक्रमित पुरुष राहत वितरणमा पनि सहभागी भएकाले संक्रमण थप बढ्न सक्ने महानगरले जनाएको छ ।

बुधबार १७ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ । जसमा २२ जना निको भएकोमा तीन जनामा फेरि संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया