Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

काठमाडौं, वैशाख २३, २०७७
एजेन्सी । कोरोना महामारीका कारण उचित उपचार नपाएर एक भारतीय कलाकारको मृत्यु भएको छ । युएईमा रहेकी भारतीय शास्त्रीय संगित र नृत्य क्षेत्रकी चर्चित कलाकार दिपा नायरको मृत्यु भएको हो । उनको उचित उपचारको अभावका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

युएईको दुबईस्थित कोरोना संक्रमित बिरामीहरुको भीड रहेको एक अस्पतालमा भर्ना गरिएकी उनको स्वास्थ्य उपचारका अभावमा मृत्यु भएको जनाइएको छ । ४७ वर्षीया दीपा युएई र भारतमा शास्त्रीय संगित र नृत्य क्षेत्रकी चर्चित अनुहार हुन् ।

उनी भारतको केरलाकी बासिन्दा हुन् । उनी युएईमा कार्यक्रम व्यवस्थापकको रुपमा समेत काम गर्ने गर्थिन् । खालिज टाइम्सलाई उदृत गर्दै जागरण डटकमले लेखेको छ, ‘दीपाले आइतबार उनको अलनाहदस्थि घरमा अन्तिम प्राण त्यागेकी हुन् ।’ उनका श्रीमान सुरज मौसादले भने, ‘हामीलाई लाग्छ कोरोना महामारी नभएको भए उनी बाँच्थिन् ।’ उनले दीपाको सन् २०११ मा पेटको शल्यक्रिया गरिएको बताए । उनलाई प्राय पेट दुखिरहने गरेको समेत उनले बताए । दुबईमा १९ वर्षदेखि बस्दै आएका सुरजले भने, ‘दीपा आइतबार बिहान सबैरै बिरामी परिन् । त्यसलगत्तै अस्पताल लिएर गइयो ।

त्यहाँ पुगेपछि अस्पतालले कोरोनाका १४० भन्दा बढी बिरामीको उपचार भैरहेको जानकारी दियो । त्यसपछि अर्को अस्पताल लिएर गयौं, त्यहाँ पनि कोरोनाका बिरामीको भीड भएकोले भर्ना लिइएन । फेरि अर्को अस्पताल पुगेर उनलाई भर्ना गर्यौं । त्यसपछि अस्पताले बिहान डिस्चार्ज गरेको थियो । घर फर्किएपछि उनको स्वास्थ्य फेरि बिग्रियो । उनका हातगोडा चिसा भए । त्यसपछि हामीले उनलाई अस्पताल लगेनौं किनभने अघिल्लो दिनमै हामीले धेरै दुःख पाइसकेका थियौं । हामीलाई अस्पतालमा भर्ना गर्न सकिन्न् भन्ने परेको थियो । त्यसपछि एम्बुलेन्स र प्रहरीलाई फोन गरेर एम्बुलेन्स बोलाउँदा नबोलाउँदै उनको साँझ ४ बजे निधन भयो ।’

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments