Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

वैशाख २२, २०७७

एजेन्सी । कोरोना भाइरस महामारीका कारण ३५ लाख ३ हजार ५ सय ३३ जना विश्वभर संक्रमण भएको छ । २ लाख ४७ हजार ३ सय ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो ।

सबैभन्दा बढी अमेरिकामा ६८ हजार ५ सय ८१ जनाको संक्रमणका कारण मृत्यु भएको छ । त्यहाँ संक्रमण हुनेको संख्या ११ लाख ८७ हजार ५ सय १० पुगेको छ ।

पछिल्लो केही दिनमा कोरोना संक्रमण उच्चदरमा बढेको रसियामा २४ घण्टाको अवधिमा १० हजार ६ सय ३३ जनामा संक्रमण भेटिएको छ । कुल १ लाख ३४ हजार ६ सय ८६ जनामा संक्रमण भेटीएको हो । रसियामा मृत्यु हुनेको संख्या १० हजार ६ सय ३३ जना पुगेको हो ।

संक्रमणका आधारमा रसियामा मृत्युदर कम रहेको बीबीसीले उल्लेख गरेको छ । फ्रान्स, इटाली , स्पेनमा पछिल्लो केही दिनमा मृत्युदरमा कमि आइरहेको छ ।

फ्रान्समा १ सय ३५, स्पेनमा १ सय ६४ जनाको मृत्यु भएको छ । जुन गत मार्च देखीकै न्यु नहो । इटालीमा १ सय ७४ जनाको मृत्यु भएको छ, जुन गत दुइ महिनाकै न्युन दर हो ।

तपाईको प्रतिक्रिया