आइतबार, चैत्र १९, २०७९
Sunday, April 2, 2023

झगेन्द्र खड्का
गौरीगंज, २१ वैशाख २०७७ । दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने जनमजदुरका परिवारलाई राहात उपलब्ध गराउन प्रतिनिधि सभा सदस्य महेन्द्रा कुमारी सुब्बाले आर्थिक सहयोग गरेकी छन्।

झापा जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा रहेका गौरादह नगरपालिका र गौरीगंज गाउँपालिकालाई नगद २५ हजारका दरले व्यिाक्तिगत तर्फबाट सहयोग गरेकी हुन् ।

प्रतिनिधि सभा सदस्य सुब्बाले गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह र गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठलाई पालिकामा पुगेर हस्तान्तरण गरेकि हुन्।

कोरोना भाइरस संक्रमणका कारण लकडाउन भएपछि ज्यालादारीमा काम गर्ने मजदुरका परिवारलाई छाक टार्ने ब्यबस्था मिलाउन पालिकाले एकद्वार प्रणालीबाट राहात बितरण गर्ने भएपछि सांसद सुब्बाले नगद राहत हस्तान्तरण गरेकी हुन्।

सांसद सुब्बाले नेपाली कांग्रेस क्षेत्रिय सभापति ढुण्डीराज भण्डारी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि जीवन राई, गौरीगंज सभापति राजेन्द्र कार्की, वडा नं. ३ का अध्यक्ष मखना महतो, वडा सभापति जगर्नाथ आचार्य, नेपाल शिक्षक संघ गौरीगंज अध्यक्ष गोपालप्रसाद ताजपुरिया लगायतको उपस्थितिमा राहत रकम हस्तान्तरण गरेकी हुन्।

गौरीगंज गाउँपालिका र गौरादह नगरपालिकामा राहत बितरण गर्न नगर र गाउँपालिकाको राहत कोषमा सहयोग पुगोस भनेर सभासद सुब्बाले व्यक्तिगतरूपमा राहत हस्तान्तरण गरेको बताईन् ।

तपाईको प्रतिक्रिया