Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

अनलाइनबिचार
गौरादह, २० वैशाख २०७७ । झापा गौरादहका मुख्य बजारहरुमा शुक्रवार खाद्यान्न पसलहरुको अनुगमन गरिएको छ । अनुगमन गरिएका थोक बिक्रेता समेत रहेका १२ पसलहरु मध्ये पाँचवटा खाद्यान्न पसलहरु कारबाहीमा परेका हुन् ।

झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी राज कुमार राईको नेतृत्वमा गरिएको अनुगमन तथा निरीक्षणमा खाद्यान्न सामग्रीको म्याद, ब्यावसायीक ईजाजत पत्र, घरेलुमा दर्ता भएनभएको, नापतौल, बिल बिजक, मूल्यसुची, लगायतको निरिक्षण गरेको थियो ।

अनुगमन गरिएका खाद्यान्न पसलहरुमा बराल किराना पसल गौरादह– २ बजारलाइन, पाथिभारा डिपार्टमेन्ट स्टोर्स गौरादह–२ बजारलाइन, । श्रेष्ठ किराना पसल गौरादह– २ बजार, गुरुदेव चिउरा मिल गौरादह– १ र दिनेश कृषि सामाग्री भण्डार गैरादह– बजारको सबै सूचकहरु( म्याद, ईजाजत पत्र, दर्ता, नापतौल, बिल बिजक, मूल्य सूची) सन्तेषजनक रहेको घरेलु उद्योग कार्यलय झापाका प्रमुख छबिलाल खतिवडाले जानकारी गराए ।

त्यसैगरी मूल्य सूची अध्यावधिक नगरेका, बिल बिजक जारी नगरेका तथा खरिद बिक्री स्पष्ट नभएर १० हजार जरिवाना सहित सांकेतिक कारबाहीमा परेका चारवटा खाद्यान्न पसलहरुमा खनाल स्टोर्स गौरादह बजार, शाह इन्टरप्राइजेज गौरादह बजार, राज किराना पसल गौरादह बजार र मातारानी जनरल स्टोर गौरादह– ७ ग्वालडुब्बा रहेका छन् ।

गौरादह ३ को जय दुर्गा सप्लायर्सको भने मूल्य सूची अध्यावधिक नगरेको, बिल बिजक जारी नगरेको, खरिद बिक्री स्पष्ट नहुनुको साथै नापतौल समेत अध्यावधिक नभएको भनेर २० हजार जरिवाना सहित कारबाहीमा परेको छ ।

त्यसैगरी गौरादह बजारका अनिता किराना पसल र गणपति किराना स्टोर्सका प्रोपाइटरलाई दर्ता लगाएतका कानुनी प्रकृयाका लागि लकडाउन सकिएपछि जिल्ल प्रशाशन कार्यलय तथ घरेलु उद्योग कर्यलयमा उपस्थितहुन सचेत पत्र दिइएको प्रमुख खतिवडाले जानकारी गराए ।

लकडाउनको समयमा उपभोक्ताहरु ब्यापारी व्यवसायीहरुबाट ठगिने जोखिमबाट बचाउन बजार अनुगमन आवस्यक भएको भन्दै बजार अनुगमन नियन्त्रण समितिले झापाका बजार अनुगमनलाई तिब्रता दिएको छ । शुक्रवार नै कमल गाउँपालिकाका ४ वटा खाद्यान्न पसलहरुमा पनि अनुगमन गरिएको सो समितिले बताएको छ ।

लकडाउनको समयमा सर्वसाधारणहरुमा खाद्यान्न सामग्रीको अभाव हुन नदिन र बजार क्षेत्रमा हुने गरेको काला बजारी नियन्त्रण गर्न गरिएको अनुगमन कार्यमा ब्यापारीहरुलाई सल्लाह सुझाव सहित बढी कमिकमजोरी गर्नेहरुलाई सांकेतिक जरिवाना गरिएपनि अनुगमन निरन्तर भइरहेकाले दोस्रो पटक कमिकमजोरी भेटिएमा नियम अनुसार कडा कार्यवाही गरिने नापतौल कार्यलय झापाका प्रमुख कमल ओझाले जानकारी गराए।

गौरादह क्षेत्रका बजारहरुमा ब्याबसाय गर्ने ब्यापारीहरुलाई हप्ता दश दिन अगाडि नै ब्यवसायीहरुले पूरा गर्नुपर्ने सूचकहरु र कागजपत्र तथा नापतौल र मूल्य सूचीको बारेमा उद्योग वाणिज्य संघ गौरादहले जानकारी गराएको संघका अध्यक्ष जेबी कार्कीले बताए । नियत बस नभएर कतिपय सामान्य खालका कमिकमजोरीहरु ब्यवसायीमा प्रशिक्षणको कमि भएकोले देखिएको अध्यक्ष कार्कीले बताए । यस प्रकारको अनुगमन समय समयमा भैरहेमा हामी ब्यापारी ब्यवसायीहरुलाई आफ्ने ब्यापार उद्योग ब्यवसाय ब्यवस्थित गन थप सहयोग पुग्ने विचार उनले ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया