Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

एजेन्सी, २० वैशाख २०७७ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । नेता किमबारे विभिन्न हल्ला चलिरहेकै बेला उनी राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखानाको उद्घाटन समारोहमा आफ्नी बहिनी किम यो जोङसहित अन्य वरिष्ठ अधिकारीसँगै सहभागी भएको कोरियन सेन्ट्रल न्यूज एजेन्सीले जनाएको छ ।

शुक्रबार नेता किमले मल कारखानको उद्घाटन गरेपछि उनको सम्मानमा सबैले ताली बजाएको थिए ।समाचारसहित नेता किमले रिबन काटिरहेको र आफूनजिकका मान्छेसँग हाँसिरहेको र बोलिरहेको तस्बिर पनि सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments