Online Bichar
शनिबार, जेठ ३०, २०८३ | Saturday, June 13, 2026

अनलाइन बिचार
गौरादह, १९ बैशाख २०७७ । गौरादह बजारका खाद्यान्न पसल अनुगमन गर्दा अधिकांश पसलमा मूल्य सूची नराखि आफू खुसी मूल्यमा सामान बिक्री गरेको पाइएको छ ।

जिल्ला स्तरीय आपूर्ति ब्यबस्थापन अनुगमन नियन्त्रण समितिले शुक्रबार गौरादह बजारका होलसेल खाद्यान्न पसल अनुगमन गर्दा अधिकांश पसलमा मूल्य सूची बिना नै ब्यवसायीले आफू खुसी मुल्यमा सामान बिक्री गरेको भेटिएको हो ।

ब्यापारीहरुले ग्राहकले देखिने ठाउँमा सामानको बिक्री मूल्य नराखी अधिकतम मूल्य( एमआरपी) भन्दा बढी मुल्यमा खाद्यान्न सामग्री बिक्रिवितरण गरेको भन्दै पाँच वटा खाद्यान्न पसललाई सचेत गराउँदै कार्यवाही समेत गरेको छ ।

उपभोक्ताहरु ब्यापारी व्यवसायीहरुबाट ठगिने जोखिमबाट बचाउन समय समयमा बजार अनुगमन आवश्यक भएको भन्दै बजार अनुगमन नियन्त्रण समितिले झापाका बजार अनुगमन गर्ने गरेको छ ।

झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी राज कुमार राईको नेतृत्वमा गरिएको अनुगमन तथा निरीक्षणमा खाद्यान्न सामग्रीको म्याद,ब्यावसायीक ईजाजत पत्र,घरेलुमा दर्ता भएनभएको, नापतौल,बिल बिजक, मूल्यसुची, लगायतको निरिक्षण गरेको थियो। गौरादह बजारका ६ वटा पसल अनुगमन गरेकोमा ३ वटा पसललाई प्रति पसल १० हजारका दरले सांकेतिक जरिवाना गरेको र २ वटा पसललाई लकडाउन पछि कार्यलयमा उपस्थित हुन सचेत पत्र दिइएको घरेलु उद्योग कार्यलय झापाका प्रमुख छबिलाल खतिवडाले जानकारी गराए ।

घरेलु उद्योग कार्यलय झापा, नापतौल कार्यलय झापा र गौरादह उद्योग बाणिज्य संघको समेत सहभागीतामा भएको निरीक्षणमा मुल्य सुची नभएका, ब्यबसायीक ईजाजत र बिल बिजक नभएका, बढी मुल्यमा सामान बिक्रीवितरण गरेका पसलहरुलाई पहिलो पटक सांकेतिक रुपमा जरिवाना गराएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

लकडाउनको समयमा सर्वसाधारणहरुमा खाद्यान्न सामग्रीको अभाव हुन नदिन र बजार क्षेत्रमा हुने गरेको काला बजारी नियन्त्रण गर्न गरिएको अनुगमन कार्यमा ब्यापारीहरुलाई सल्लाह सुझाव सहित बढी कमिकमजोरी गर्नेहरुलाई सांकेतिक जरिवाना गरिएपनि अनुगमन निरन्तर भइरहेकाले दोस्रो पटक कमिकमजोरी भेटिएमा नियम अनुसार कार्यवाही गरिने नापतौल कार्यलय झापाका प्रमुख कमल ओझाले जानकारी गराए।

गौरादह क्षेत्रका बजारहरुमा ब्याबसाय गर्ने ब्यापारीहरुमा प्रशिक्षणको कमि भएको गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष जे.बि. कार्कीले बताए। गौरादह भित्रका पसलहरु अनुगमन गर्दा कार्यवाहीमा परेपछि ब्यापारीहरुलाई प्रशिक्षणको कमि भएको कार्कीले स्विकार गरे।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments