Online Bichar
बिहिबार, आश्विन २२, २०८३ | Thursday, October 8, 2026

एजेन्सी, १७ बैशाख २०७७ । बलिउड अभिनेता इरफान खानको निधन भएको छ।

५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।

उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो।

गत शनिबार उनकी आमाको निधन भएको थियो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments