Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

 गौरादह ८ का शंकर राजवंशीको सफलताको कथा

झगेन्द्र खड्का
गौरादह, १७ बैशाख २०७७ । नगरपालिका भन्दा बाहिरबाट आयात गरिने तरकारीमा रोक लगाएपछि स्थानीय किसानको तरकारीले मुल्य पाएको छ ।

कोरोना भाइरस संक्रमणको रोकथाम नियन्त्रणका लागि लकडाउनमा कडाइ गर्दै गौरादह नगरपालिकाले अन्य क्षेत्रबाट आयत हुने तरकारीमा रोक लगाए पछि ब्यापारीहरु स्थानीय कृषकको बारीमै पुगेर तरकारी किन्न थालेका छन् ।

बाहिय क्षेत्रबाट आयात हुने तरकारीमा स्थानीय सरकारले रोक लगाएपछि तरकारीको माग धान्न ब्यापारीहरुले गाउँघरमा उत्पादन भएका तरकारीहरु खरिद गर्दै सिटिसफारीमा बोकेर गाउँघरमा डुलाएर बिक्रीवितरण गर्ने गरेका छन्।

मानिसहरुलाई बिहान बेलुका हातमुख जोड्न तरकारी नभई नहुने बस्तु हो। खाना तथा खाजा खाँदा तरकारी सबैका लागि अनिवार्य मानिन्छ । प्राःय सबैले आफुलाई चाहिने तरकारी आफ्नो करेसा बारिमा लगाउने गरेपनि ब्यबसायीक दृष्टिकोणले नगदे बालिका रुपमा लगाउने गरेका छैनन्।

नगद आय आर्जन गर्ने उदेश्यले ब्यावसायीक रुपमा तरकारी खेती गर्ने ब्यक्तिहरुलाई कामको खाँचो हुदैन र रोजगारीका लागि बिदेश जानू पर्दैन भन्ने उदाहरण पेश गरेका छन गौरादह नगरपालिका वडा नं (८ का शंकर राजवंशीले। हातमा सीप र जोस जाँगर बोकेर काम गर्ने हो भने बिदेश यही छ। रोजगारीका अवसर यहीँ जुटाएर आम्दानीका स्रोत बनाउन सकिने नमुना प्रस्तुत गरेका छन।बिगत केही बर्ष अगाडि देखि तरकारी खेती गर्दै आएका राजवंशीले समय अनुसारका तरकारी फलाएर बिक्रीवितरण गर्ने गरेका छन।

चार कठ्ठा मात्र जग्गा भएका राजवंशीले यस बर्ष कोपी बिक्री गरेर अहिले उनको बारिमा करेला,भिन्डी,पाटासाग,मलेसियन साग,फर्सी, घिरौला, पालुंगो, लट्टे साग, धनिया,लौका र काँक्रा फलाएका छन।थोरै जग्गाबाट धेरै आम्दानी निकाल्न सफल भएका राजवंशीको बारीमा अहिले हाराभारा र तरकारीले हरियाली छाएको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

आफ्नै बारीबाट दैनिक ५० केजी सम्म तरकारी तथा काँक्रा बिक्रीवितरण गरिरहेका छन।केही ब्यापारी तथा घरका लागि तरकारी आवश्यक पर्नेहरु घर सोध्दै तरकारी लिन आउने गरेको राजवंशीले बताए।प्रत्येक बर्ष तरकारी फलाएर बिक्रीवितरण गर्दै आएका राजवंशीले बर्षको लाख रुपैया सम्म आम्दानी गर्ने गरेको बताए।

पाँच जनाको परिवार भएका राजवंशीका दुई वटा छोराहरुमा माइलो स्नातकोत्तर र कान्छो छोरा तेज नारायण स्नातक तहमा काठमाडौंमा अध्यान गरिरहेका छने । छोराहरुका साथै घर खर्च समेत गरेर बचत हुने गरेको राजवंशीले बताए।गत बर्ष सम्पूर्ण खर्च कटाएर बचेको पैसाले सिटिसफारी किनेको राजवंशीले बताए । बारिमा तरकारी बढी भएको समयमा सिटिसफारीमा राखेर गाउँघरमा घुमाएर बिक्री गर्ने गरेको बताए।
उनका छिमेकी भूमिराज पोख्रेलले बनाएका पोखरीमा उनले माछा पालन पनि गरेका छन्।पोख्रेलको जग्गामा भएका ४ वटा पोखरिमा रहु, भाक्रि,बिगेट,नैनी, जातका माछा पालन गरेका छन।माछा बिक्री गरेर पनि राम्रै आम्दानी हुने गरेको राजवंशीले बताए।

तपाईको प्रतिक्रिया